ट्रम्पका कारण टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटकोे प्रक्षेपण

ट्रम्पका कारण टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटकोे प्रक्षेपण

केन्द्रबिन्दु
42
Shares

टोकियो । जापानको अटो कम्पनी टोयोटाले सन् २०२५/२६ मा खुद नाफामा ३५ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारी साधनमा कर वृद्धि लगायत अन्य कारण नाफा कम हुने टोयोटाले जनाएको हो । अमेरिकी राष्ट्रपतिले स्वतन्त्र व्यापारमाथि गरेको बहुआयामिक आक्रमणका कारण कार निर्माताहरू सबैभन्दा बढी मारमा पर्ने कम्पनी बनेका छन् ।

ट्रम्प प्रशासनले तयारी अवस्थामा रहेका कारहरूमा यसअघि नै २५ प्रतिशत कर लगाएको थियो भने शनिबारदेखि लागु हुनेगरी इन्जिन र ट्रान्समिसन लगायत अटो पाट्र्समा पनि यस्तै कर लगाएको छ ।

अप्रिलमा सुरु भएको जापानको चालू आर्थिक वर्षमा टोयोटाले ३.१ ट्रिलियन येन (२१.६ अर्ब अमेरिकी डलर) को खुद मुनाफाको अनुमान गरेको छ ।
“सन् २०२५ को अप्रिल र मे महिनामा अमेरिकी करको अनुमानित प्रभावलाई अस्थायी रूपमा हेरिएको छ,” विश्वको सबैभन्दा बढी बिक्री हुने कार कम्पनी टोयोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले मार्चसम्म १२ महिनामा करिब ४.८ ट्रिलियन येनको खुद नाफा कमाएको छ, जुन अघिल्लो बर्षको सोही अवधिमा भन्दा ३.६ प्रतिशतले कम हो तर फेब्रुअरीमा जारी गरिएको यसको पूर्वानुमानभन्दा यो प्रक्षेपण भने निकै फरक छ ।

यो घाटालेसन् २०२५/२६ को सञ्चालन मुनाफालाई १८० अर्ब येनको लयमा लाने यस महिनाको लागि योजनालाई असर पार्नेछ । -एएफपी

Skip This
Skip This
Logo