काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा दिनप्रतिदिन तनाव चुलिँदै गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार तेस्रो दिन जम्मु(कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका २६ विभिन्न स्थानहरूमा अत्याधुनिक ड्रोन र मिसाइल प्रयोग गरी आक्रमण गरेको छ । यद्यपि, भारतीय हवाई प्रतिरक्षा प्रणालीले यी सबै प्रयासहरूलाई पूर्ण रूपमा विफल पारेको दाबी गरेको छ । यसअघि पनि पाकिस्तानले बिहीबार र शुक्रबार पनि ११ स्थानमा ड्रोन हमला गरेको थियो।
पाकिस्तानले टर्कीमा निर्मित ३०० देखि ४०० असिसगार्ड सोंगर ड्रोन प्रयोग गरेको खुलासा गर्दै भारतीय हवाई प्रतिरक्षा प्रणालीले ती सबैलाई खसालिदिएको विदेश सचिव विक्रम मिसरीले जानकारी दिए ।
सीमा क्षेत्रमा बढ्दो यो तनावले दुवै देशबीचको सम्बन्धलाई थप जटिल बनाएको छ। उच्च स्रोतका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा गम्भीर छलफल गर्दै तीनवटै सेनाका पूर्व प्रमुखहरूसँग आफ्नो निवासमा डेढ घण्टा लामो महत्वपूर्ण भेटवार्ता गरेका छन्। यस भेटवार्तालाई पाकिस्तानको लगातारको उक्साहटपूर्ण कार्य र भारतको सम्भावित जवाफी कदमको रणनीतिक तयारीको रूपमा हेरिएको छ।
यसैबीच, गृह मन्त्रालयले देशका सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिवहरू र प्रशासकहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन जारी गरेको छ। मन्त्रालयले नागरिक सुरक्षा नियम अन्तर्गत आपतकालीन शक्तिहरू प्रयोग गर्न सकिने स्पष्ट पारेको छ।
केन्द्र सरकारले एक महत्वपूर्ण अधिसूचना जारी गर्दै सेना प्रमुखलाई आवश्यक परे टेरिटोरियल आर्मी ९टिए० का अधिकारी र जवानहरूलाई तत्काल परिचालन गर्न सक्ने अधिकार प्रदान गरेको छ। टिए अर्धसैनिक बल हो, जसले संकटको समयमा सेनालाई सहयोग पुर्याउँछ।
देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । जम्मू(कश्मीर, राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, हिमाचल प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश र दिल्लीमा सबै सरकारी विभागका अधिकारी र कर्मचारीहरूको बिदा तत्काल लागू हुने गरी रद्द गरिएको छ। उनीहरूलाई आफ्नो कार्यक्षेत्र नछोड्न कडा निर्देशन दिइएको छ।
विशेष गरी गुजरातमा उच्च सतर्कता जारी गरिएको छ । राज्यका १८ वटा जिल्लालाई हाई अलर्टमा राखिएको छ। प्रसिद्ध सोमनाथ र द्वारका मन्दिरसहित सबै बन्दरगाहको सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ । अप्रिय घटना हुन नदिन राज्यमा मे १५ सम्म पटका र ड्रोनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
पञ्जाब सरकारले पनि स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै सबै आइएस अधिकारीहरूको बिदा रद्द गरेको छ र उनीहरूलाई मुख्यालय नछोड्न आदेश दिएको छ।
काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा दिनप्रतिदिन तनाव चुलिँदै गएकाे छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार तेस्रो दिन जम्मु-कश्मीर, पञ्जाब, राजस्थान र गुजरातका २६ विभिन्न स्थानहरूमा अत्याधुनिक ड्रोन र मिसाइल प्रयोग गरी आक्रमण गरेको छ । यद्यपि, भारतीय हवाई प्रतिरक्षा प्रणालीले यी सबै प्रयासहरूलाई पूर्ण रूपमा विफल पारेको दाबी गरेकाे छ । यसअघि पनि पाकिस्तानले बिहीबार र शुक्रबार पनि ११ स्थानमा ड्रोन हमला गरेको थियो।
पाकिस्तानले टर्कीमा निर्मित ३०० देखि ४०० असिसगार्ड सोंगर ड्रोन प्रयोग गरेको खुलासा गर्दै भारतीय हवाई प्रतिरक्षा प्रणालीले ती सबैलाई खसालिदिएको विदेश सचिव विक्रम मिसरीले जानकारी दिए ।
सीमा क्षेत्रमा बढ्दो यो तनावले दुवै देशबीचको सम्बन्धलाई थप जटिल बनाएको छ। उच्च स्रोतका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा गम्भीर छलफल गर्दै तीनवटै सेनाका पूर्व प्रमुखहरूसँग आफ्नो निवासमा डेढ घण्टा लामो महत्वपूर्ण भेटवार्ता गरेका छन्। यस भेटवार्तालाई पाकिस्तानको लगातारको उक्साहटपूर्ण कार्य र भारतको सम्भावित जवाफी कदमको रणनीतिक तयारीको रूपमा हेरिएको छ।
यसैबीच, गृह मन्त्रालयले देशका सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिवहरू र प्रशासकहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन कडा निर्देशन जारी गरेको छ। मन्त्रालयले नागरिक सुरक्षा नियम अन्तर्गत आपतकालीन शक्तिहरू प्रयोग गर्न सकिने स्पष्ट पारेको छ।
केन्द्र सरकारले एक महत्वपूर्ण अधिसूचना जारी गर्दै सेना प्रमुखलाई आवश्यक परे टेरिटोरियल आर्मी (टिए) का अधिकारी र जवानहरूलाई तत्काल परिचालन गर्न सक्ने अधिकार प्रदान गरेको छ। टिए अर्धसैनिक बल हो, जसले संकटको समयमा सेनालाई सहयोग पुर्याउँछ।
देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । जम्मू-कश्मीर, राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, हिमाचल प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश र दिल्लीमा सबै सरकारी विभागका अधिकारी र कर्मचारीहरूको बिदा तत्काल लागू हुने गरी रद्द गरिएको छ। उनीहरूलाई आफ्नो कार्यक्षेत्र नछोड्न कडा निर्देशन दिइएको छ।

प्रतिक्रिया