एजेन्सी । इन्डोनेशियामा दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला परेको छ । १ सय ८८ यात्रु सवार विमान राजधानी जाक्रताबाट पंगकल जादैं थियो । उडान भरेको केही समयमै सम्पर्क विच्छेद भएको ७३७ वोईङ समुन्द्रमा खसेको थियो ।
विमान दुर्घटनापछि अहिलेसम्म १ सय ४१ जनाको शव निकालिएको छ । विमानमा १७८ यात्रु, १ नाबालक, २ बच्चा, २ पाइलट र ५ क्रु मेम्बर थिए । विमान दुर्घटना हुनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । तर वायु सेनाका प्रवक्ताका अनुसार पाइलटका कारण विमान दुर्घटनामा परेको हो ।
ईन्डोनेशियामा यस प्रकारको भयानक दुर्घटना भएको १० वर्षमा दोस्रो पटक हो । यसअघि २००५ मा पनि विमान दुर्घटना हुँदा १ सय ४३ मानिसको ज्यान गएको थियो ।





























प्रतिक्रिया