भारत
भारतमा सन् २०१५ देखि २०१७ सम्मको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर झन्डै ५० हजार पैदलयात्रुको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको भारतीय रेलसेवाले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
भारतको पञ्जाबमा पछिल्लो समयमा रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । भारतीय हिन्दूहरूको चार्ड नवरात्रका अवसरमा लागेको मेला हेर्न जाँदा रेलमार्गको नजिकैबाट हिँड्ने क्रममा रेलले किच्दा उनीहरूको मृत्यु भएको बताइएको थियो ।
भारतीय रेल सेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कयौँ कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएको भए पनि बाटो काट्दा हुने मृत्यु भने नघटेको जनाएको छ । भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो । भारतमा दैनिक लाखौँ व्यक्तिले रेलमार्गबाट यात्रा गर्छन् ।
एजेन्सी





























प्रतिक्रिया