बलिउड अभिनेत्री सनी लियोनीले श्रीमान र बच्चासँग मस्ती गरिरहेको फोटो सोसल मिडियामा छाइरहेको छ । अवसर हो, उनको श्रीमान डेनियल वबरको जन्मदिन । डेनियलको जन्मदिनमा शुभकामना दिदै सनीले सोसल मिडियामा एउटा फोटो सेयर गरेकी छिन् । र क्याप्सनमा प्रेमले भरिपुर्ण शब्द व्यक्त गर्दै लेखेकी छिन्, ‘मेरो जीवनको सबैभन्दा प्यारो मान्छेको जन्मदिनमा धेरै धेरै शुभकामना । म चाहन्छु, सधैँ यस्तै मुस्काइरहनु, र जीवनको हरेक पल मस्तीमा वितोस् । म तपाईलाई एकदमै प्रेम गर्छु ।’
सनी र डेनियलको बिवाह भएको ७ बर्षभन्दा बढि भइसक्यो ।
सनी सोसल मिडियामा श्रीमान र बच्चासँगको फोटो सेयर गरिरहेकी हुन्छिन् । सनी र डेनियल अहिले विदेशमा छुट्टि मनाईरहेका छन् । सनी लियोनी आफ्नो पर्सनल र प्रोफेसनल लाइफ दुवै इन्जोय गरिरहेकी छिन् । व्यस्तताको बावजुद पनि परिवारको लागि समय निकाल्न बिर्सदिनन् ।
कामको कुरा गर्दा, उनी हालै उनको बायोपिकमा बनिरहेको वेब सिरिजको दास्रो भागको सुटिङमा व्यस्त छिन् । यसको पहिलो भाग सबैले रुचाएका थिए, साथै उनको अभिनयको पनि निकै प्रशंसा भएको थियो । यसको साथै रणविजय सिंहसँग एमटिभी स्प्लिट्सभिल्लाको सुटिङ पनि गरिरहेकी छिन् ।





























प्रतिक्रिया