अहमदाबाद विमान दुर्घटनामा कम्तिमा २९० जनाको मृत्यु, विमानमै रहेका एक बेलायती उपचाररत

अहमदाबाद विमान दुर्घटनामा कम्तिमा २९० जनाको मृत्यु, विमानमै रहेका एक बेलायती उपचाररत

केन्द्रबिन्दु
150
Shares

काठमाडाैं । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तिमा २९० जनाको मृत्यु भएको छ।

सीएनएनका अनुसार लण्डनतर्फ उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ​​केही पर रहेको एक डाक्टर होस्टलमा खसेको थियो। दुर्घटनाग्रस्त विमानको पुच्छर होस्टलको भवनबाट बाहिर निस्किएको तस्बिरहरू बाहिरिएकाे थियाे ।

प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा विमानमा सवार यात्रुहरू र जमिनमा रहेका मानिसहरू दुवै समावेश छन्। एयर इन्डियाको उडानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भएको एयरलाइन्सले पुष्टि गरेको छ। दुर्घटनामा एकजना बेलायती नागरिक मात्र जीवित बचेका छन्।

विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको बताइएकाे छ । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।

दुर्घटनाग्रस्त विमान बोइङ ७८७-८ ड्रिमलाइनर थियो। यो यस किसिमको विमान समावेश भएको पहिलो ठूलो दुर्घटना हो।

Logo