तेहरानलाई तुरुन्तै खाली गर्न ट्रम्पकाे आग्रह

तेहरानलाई तुरुन्तै खाली गर्न ट्रम्पकाे आग्रह

केन्द्रबिन्दु
84
Shares

कानानास्किस (क्यानाडा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गरेकी हुन् । “सबैले तुरुन्त तेहरान छोड्नुपर्छ !” ट्रम्पले क्यानाडामा भएको जी–७ को शिखर सम्मेलनका क्रममा आफ्नो ट्रुथ सोसल खातामा लेखेका छन् ।

इरानी राजधानीमा लगभग एक करोड मानिस बस्छन् ।

इजरायलले इरानमा आक्रमणहरू बढाएको बेला यो चेतावनी आएको छ । इजरायलले धर्मगुरुद्वारा सञ्चालित इरानको विवादित आणविक कार्यलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ ।

इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दाहरूलाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । यो गाजामा यसको रणनीतिको प्रतिध्वनि हो । इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि अधिकांश प्यालेस्टिनी जनसङ्ख्यालाई विस्थापित गरेको छ ।

संयुक्त राज्य अमेरिकाले इजरायली सैन्य कारबाहीमा भाग लिने छ कि छैन भनेर भन्न ट्रम्पले बारम्बार अस्वीकार गरेका छन् । यद्यपि उनले अमेरिका प्रारम्भिक आक्रमणमा संलग्न नभएको बताए ।

Logo