अमेरिकाद्वारा युरोपबाट आफ्ना ३० सैन्य विमानहरू ओसारपसार

अमेरिकाद्वारा युरोपबाट आफ्ना ३० सैन्य विमानहरू ओसारपसार

केन्द्रबिन्दु
144
Shares

काठमाडाैं । अमेरिकाले युरोपबाट आफ्ना कम्तिमा ३० सैन्य विमानहरू ओसारपसार गरेको छ । यी विमानहरू अमेरिकी सैन्य ट्यांकर विमान हुन् ।

फ्लाइटरेडार २४ का अनुसार यी मध्ये कम्तिमा सातवटा केसी–१३५ प्रकारका जेट बिमान छन् । स्पेन, स्कटल्यान्ड र इङ्ल्यान्डमा रहेका अमेरिकी वायुसेना अड्डाहरूमा रोकिएका छन् ।

अमेरिकाले एफ– १६, एफ– २२ र एफ– ३५ लडाकू जेटहरू मध्यपूर्वमा रहेका आफ्ना अड्डाहरूमा सारेको छ । केही दिनदेखि युरोपमा सारिएका यी ट्यांकर विमानहरूले यी जेटहरूलाई इन्धन आपूर्ति गर्न मद्दत गर्न सक्छन् ।

यी सैन्य विमानहरू सार्ने कार्य इजरायल र इरानबीच हालै भएको आक्रमण–प्रत्याक्रमणको बीचमा भएको हो । इजरायले शुक्रबारमा तेहरानको परमाणु कार्यक्रम ध्वस्त पार्ने उद्देश्यले आक्रमण गरेको दाबी गरेको थियो । अमेरिकाको यो सैन्य विमानहरू सार्ने कार्य सीधै इरान इजरायलसँग जोडिएको छ अथवा छैन भन्ने स्पष्ट छैन । तर, एक विज्ञले बीबीसीलाई बताएअनुसार यी ट्यांकर विमानहरूको उडान अत्यन्त असामान्य थियो ।

रुसी थिंक ट्यांक रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका वरिष्ठ विश्लेषक जस्टिन ब्रोन्कले यी तैनाथीहरूले अमेरिकाले आगामी हप्ताहरूमा यस क्षेत्रमा गहिरो युद्ध अभियानहरूलाई समर्थन गर्न आकस्मिक योजनाहरू बनाइरहेको संकेत दिने बताएका छन् ।बीबीसीले ट्रयाक गरेका सातवटा जेट विमानहरू अगाडि बढेका छन् ।

उडान ट्रयाककिंग डाटा अनुसार मंगलवार दिउँसो सम्ममा यी सिसिलीको पूर्वमा उडान भर्दै देखिएका थिए । ६ वटाको उडान गन्तव्य खुलाइएको थिएन भने एउटा ग्रीसको क्रेट टापुमा रोकिएको थियो ।

तर, आइरिस रक्षा बलका पूर्व प्रमुख भाइस एडमिरल मार्क मेलेटले यी गतिविधिहरू रणनीतिक अस्पष्टताको व्यापक नीतिको हिस्सा हुनसक्ने बताएका छन् । जसले इरानलाई आफ्नो परमाणु कार्यक्रम सम्बन्धी वार्तामा बाध्य बनाउन दबाब दिनसक्ने उनले बताएका छन् ।

इजरायलले शुक्रबार इरानी परमाणु केन्द्रमा आक्रमण गरेको थियो, जुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रम रोक्ने सम्झौता गर्न दिएको अन्तिम म्यादको एक दिनपछि थियो ।

यी जेट विमानहरूको सार्ने कार्य अमेरिकाले एउटा विमानवाहक जहाज यूएसएस, दक्षिण चीन सागरबाट मध्यपूर्वतर्फ सारेको भन्ने समाचार आएलगत्तै भएको हो ।

Logo