अमेरिकाले तोड्यो क्यानडासँगको व्यापार वार्ता

अमेरिकाले तोड्यो क्यानडासँगको व्यापार वार्ता

केन्द्रबिन्दु
27
Shares

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता “तत्कालका लागि” अन्त्य गरेको घोषणा गरेका छन्। क्यानडाले ठूला प्रविधि कम्पनीहरूलाई लक्षित गरी कर नीति लागू गर्ने तयारी गरिरहेका बेला ट्रम्पले यो कदम चालेका हुन्।

यसअघि दुई छिमेकी राष्ट्रहरू जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमत हुने प्रयासमा थिए।

यस वर्षको सुरुमा ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि र “आर्थिक शक्ति” प्रयोग गरेर क्यानडालाई गाभ्ने धम्की दिएपछि दुवै देशले एकअर्काका सामानमा शुल्क लगाएका छन्।

शुक्रबार, ट्रम्पले प्रविधि कम्पनीहरूमाथि “अस्वाभाविक कर” को कारण वार्ता अन्त्य गरेको र आगामी एक हप्ताभित्र सीमा पार गर्ने सामानहरूमा नयाँ शुल्क घोषणा गर्ने बताए।

क्यानाडाको ३ प्रतिशत डिजिटल सेवा कर गत वर्ष कानुन बनेदेखि अमेरिकासँगको सम्बन्धमा एउटा बाधक बनेको छ। यसको पहिलो भुक्तानी सोमबारदेखि सुरु हुनेछ। व्यापार समूहहरूको अनुमान छ कि यसले अमेजन, एप्पल र गुगल जस्ता अमेरिकी कम्पनीहरूलाई वार्षिक २ अर्ब डलरभन्दा बढी खर्च गराउनेछ। बेलायत, फ्रान्स र इटालीलगायत अन्य देशहरूमा पनि यस्तै कर लागू छ।

क्यानाडेली अधिकारीहरूले यस मुद्दालाई अमेरिकासँगको व्यापार वार्ताको एक भागको रूपमा सम्बोधन गर्ने अपेक्षा गरेका थिए। नवनिर्वाचित प्रधानमन्त्री कार्नीले ट्रम्पसँग सुमधुर सम्बन्ध कायम गरेकाले ती वार्ताहरूमा सहयोग पुग्ने आशा थियो। तर, ट्रम्पको पछिल्लो कदमले भविष्यको सम्झौतामाथि शंका उत्पन्न गरेको छ ।

Skip This
Skip This
Logo