बैंकक । थाईल्याण्डमा संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङटार्न सिनावात्रालाई निलम्बन गरेपछि बिहीबार नयाँ मन्त्रिपरिषद् गठन भएकाे छ । साथै राजाले सपथ पनि खुवाएका छन् ।
कम्वोडियाका एक वरिष्ठ नेतासँगको कुराकानीका कारण नैतिकताको छानबिनमा परेर प्रधानमन्त्री पदबाट निलम्बित भएकी सिनावात्रा संस्कृतिमन्त्रीका रूपमा मन्त्रिपरिषद्मा फर्किएकी छन्।
प्रधानमन्त्रीको शीर्ष पदमा पेतोङटार्नका बुबा, पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्राका लामो समयदेखिका सहयोगी फुम्थम वेचायचाई नियुक्त भएका छन्। फुम्थमले पेतोङटार्नको कार्यकालमा उपप्रधानमन्त्री र रक्षामन्त्रीको रूपमा सेवा गरेका थिए। उनले बिहीबार उपप्रधानमन्त्री र आन्तरिक मामिला मन्त्रीका रूपमा सपथ लिएका छन्।
फुम्थमले पत्रकारहरूलाई आफूले कामलाई निरन्तरता दिने बताएका छन् र हालैका घटनाक्रमले सरकारभित्र अस्थिरता देखाएको भन्ने कुरालाई अस्वीकार गरेका छन्।
पेतोङटार्नले कम्बोडियासँगको सीमा विवाद, जसमा मे महिनामा भएको सशस्त्र झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो, त्यसको ह्यान्डलिङलाई लिएर बढ्दो असन्तुष्टिको सामना गरिरहेकी थिइन्।
कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको एक ‘लिक’ भएको फोन कलमा उनले तनाव कम गर्ने प्रयास गरेकी थिइन्—तर यसले उल्टो गुनासो र सार्वजनिक विरोध प्रदर्शन निम्त्याएपछि उनकाे पद नै गएकाे हाे ।





























प्रतिक्रिया