एकैदिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

एकैदिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

केन्द्रबिन्दु
42
Shares

काबुल । एकैदिनमा दुई हजार छ सयभन्दा बढी अफगान शरणार्थी परिवारहरू स्वदेश फर्केको बख्तर न्यूज एजेन्सीले बुधबार रिपोर्ट गरेको छ ।

उनीहरूमध्ये अधिकांश इरानबाट फर्किएका थिए ।

मङ्गलबार स्वदेश फर्केका दुई हजार ६०४ जना अफगानिस्तान फर्केका शरणार्थी परिवारमध्ये ९८ परिवारहरू छिमेकी पाकिस्तानबाट र बाँकी सबै इरानबाट फर्केको एजेन्सीले जनाएको छ ।

फर्कने सबैले सिमामा अफगान अन्तरिम सरकारबाट आवश्यक सहयोग प्राप्त गरेको बताइएकाे छ । -सिन्ह्वा

Logo