दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि एयर इन्डिया दुर्घटना भएकाे खुलासा

दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि एयर इन्डिया दुर्घटना भएकाे खुलासा

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर इन्डियाको विमान दुर्घटनाको भएको प्रारम्भिक कारण खुलेको छ ।

भारतीय विमान दुर्घटना अनुसन्धान ब्यूरो (एबीआई)ले शनिबार जारी गरेको प्रारम्भिक अनुसन्धान रिपोर्टले यस्तो देखाएको हो । हालै दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको दुवै इन्जिन उडान भरेको केही सेकेन्डमै बन्द भएको थियो ।

रिपोर्टमा भनिएको छ कि फ्लाइट एआई–१७१ विमान दुर्घटनाग्रस्त हुनुभन्दा पहिले, दुई इन्जिनको इन्धन प्रवाह नियन्त्रण गर्ने स्विचहरू एक अर्काको एक सेकेन्ड भित्र बन्द भएका थिए । जसले गर्दा विमान इन्जिनहरूले काम गर्न बन्द गरेका थिए । ककपिट भ्वाइस रेकर्डरले देखाउँछ कि एक पाइलटले सोधे, ‘तपाईंले किन बन्द गर्नु भयो ?’ र अर्को पाइलटले जवाफ दिन्छ, ‘मैले गरेको होइन ।’

दुर्घटना रिपोर्टले यो पनि देखाएको छ कि दुवै स्विचहरू “सामान्य“ स्थितिमा फिर्ता सारिएको थियो र इन्जिन १ ले रिकभरीको संकेत देखाए पनि, तर इन्जिन २ ले गर्न सकेन ।

विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजमा लिफ्ट–अफ पछि तुरुन्तै प्रारम्भिक आरोहणको समयमा राम एयर टर्बाइन तैनाथ गरिएको देखाइएको छ । उडान मार्गको वरपर कुनै पनि उल्लेखनीय चराहरुको गतिविधि देखिएको छैन । विमानस्थलको परिधिको पर्खाल पार गर्नुअघि विमानले उचाइ गुमाउन थालेको रिपोर्टमा उल्लेख छ ।

लन्डन जाने एयर इन्डियाको विमान, बोइङ ७८७–८ ड्रीमलाइनर, जुन १२ मा अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । जुन भारतको पश्चिमी राज्य गुजरातको राजधानी शहर गान्धीनगरबाट लगभग १७ किलोमिटर दक्षिणमा थियो । जसमा २४२ जना मध्ये एक जना बाहेक सबैको मृत्यु भयो र १९ जना जमिनमा थिए ।

Skip This
Skip This
Logo