काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वाल स्ट्रिट जर्नल’ को मूल कम्पनी डाउ जोन्स र यसका मालिक रुपर्ट मर्डोकविरुद्ध १० अर्ब डलरको मानहानी मुद्दा दायर गरेका छन्।
ट्रम्पले ‘वाल स्ट्रिट जर्नल’मा छापिएको एउटा लेखले आफूलाई ‘यौन अपराधी’ का रुपमा जेफ्री एपस्टेनलाई “अश्लील” नोट लेखेको दाबी गरेर बेइज्जत गरेको आरोप लगाएका छन्।
उक्त लेखमा सन् २००३ मा एपस्टेनलाई उनको ५० औँ जन्मदिनको अवसरमा ट्रम्पको नाममा एउटा बधाई सन्देश पठाइएको उल्लेख छ । पत्रिकाले ट्रम्पले पठाएको भनिएको उक्त पत्रमा “नाङ्गै महिलाको आकृति” रहेको र भित्रपट्टि ट्रम्प र एपस्टेनबीचको काल्पनिक कुराकानी टाइप गरिएको दाबी गरेको थियो। जसमा “रहस्यहरू कहिल्यै बूढो हुँदैनन्” भन्ने मजाकपूर्ण सन्दर्भ उल्लेख भएको बताइएको छ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “हामीले भर्खरै ‘वाल स्ट्रिट जर्नल’ जस्तो बेकारको ‘रद्दी कागज’ मा झुटो, दुर्भावनापूर्ण, मानहानिपूर्ण, नक्कली समाचार ‘लेख’ प्रकाशित गर्ने सबैविरुद्ध शक्तिशाली मुद्दा दायर गरेका छौँ।” उनले पत्रिका र मर्डोकलाई यो लेख नछाप्न चेतावनी दिइएको भए पनि उनीहरूले अटेर गरेको दाबी गरेका छन्।
अमेरिकी न्याय विभागले एक न्यायाधीशलाई एपस्टेनसँग सम्बन्धित गोप्य कागजातहरू सार्वजनिक गर्न आग्रह गरिसकेको छ।





























प्रतिक्रिया