सात घण्टा स्टोरभित्र बिताएर सामानकाे भुक्तानी नै नगरी महिला बाहिरिएपछि…

सात घण्टा स्टोरभित्र बिताएर सामानकाे भुक्तानी नै नगरी महिला बाहिरिएपछि…

केन्द्रबिन्दु
219
Shares

अमेरिका । संयुक्त राज्य अमेरिकाको इलिनोइस्थित एक ‘टार्गेट’ स्टोरबाट करिब लगभग १३ सय डलर बराबरको सामान चोर्न खोजेकी एक भारतीय महिलाको भिडियो भाइरल भएको छ।

यो घटना प्रहरीको बडीक्याम फुटेजमा कैद भएको थियो, जुन अहिले युट्युब, इन्स्टाग्राम र एक्स (पहिले ट्विटर) जस्ता प्लेटफर्महरूमा व्यापक रूपमा फैलिएको छ। भिडियो सुरुमा ‘बडी क्याम एडिसन’ नामक युट्युब च्यानलले १८ मिनेटको भ्लगको अंशको रूपमा अपलोड गरेको थियो ।

कर्मचारीका अनुसार ती महिलाले स्टोरभित्र करिब सात घण्टा बिताएकी थिइन्, विभिन्न गलियाराहरूमा हिँडेको, विभिन्न सामानहरू उठाएको, र अन्ततः भुक्तानी नगरी पश्चिम गेटबाट बाहिर निस्कने प्रयास गरेको देखिएको थियो।

भिडियोमा, भारतबाट आएकी भनिएकी ती महिलालाई प्रहरीले सामना गर्दा उनले सामानको भुक्तानी गर्न सक्ने अडान लिन्छिन्। यद्यपि, अधिकारीहरूले उनको प्रस्ताव अस्वीकार गर्दै, पसलबाट बाहिर निस्कने प्रयास गर्नुअघि नै भुक्तानी गर्नपर्ने बताउँछन्।

ती महिलाले आफूले कुनै समस्या निम्त्याउन नचाहेको बताउँदै माफी माग्छिन्। उनले आफू अमेरिकाको बासिन्दा नभएको बताउँदै एक भारतीय परिचयपत्र देखाउँछिन्, जुन उनले सुरुमा अधिकारीहरूलाई दिएको नामसँग मेल खाँदैन। भिडियोको अन्त्यमा, ती महिलालाई चोरीको आरोपमा मुद्दा दर्ता गरी थप प्रक्रियाका लागि हिरासतमा लिइएको देखिन्छ।

Skip This
Skip This
Logo