सियोल । दक्षिण कोरियाले सन् २०२५ को पहिलो पाँच महिनामा जन्मदरमा कीर्तिमानी वृद्धि हासिल गरेको तथ्याङ्क निकायका अधिकारीले बुधबार बताएका छन् ।
यो देश विश्वको सबैभन्दा लामो जीवन प्रत्याशा र सबैभन्दा कम जन्म दर भएको मुलकमध्ये एक हो । यो संयोजनले बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गरेको छ ।
सियोलले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिरता कायम गर्न अर्बाैं डलर खर्च गरेको छ ।
“जनवरीदेखि मे महिनासम्मको पाँच महिनाको अवधिमा दक्षिण कोरियामा जन्म भएका नवजात शिशुको सङ्ख्या एक लाख छ हजार ४८ रहेको छ । यो देशको अघिल्लो बषैको सोही अवधिको तुलनामा ६.९ प्रतिशतले वृद्धि हो रसन् १९८१ मा तथ्याङ्क सङ्कलन सुरु भएयताको सबैभन्दा उच्च वृद्धि दर हो,” कोरियाली तथ्याङ्क कार्यालयका अधिकारी काङ ह्युन–योङले भने ।
दक्षिण कोरियाले एक दशकभन्दा बढी समयपछि पहिलो पटक शिशुको जन्मदर र सङ्ख्यामा वृद्धि भएको अनुभव गरेको हो ।
सन् २०२४ मा नवजात शिशुको सङ्ख्या अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० अर्थात् ३.६ प्रतिशतले बढेर दुई लाख ३८ हजार ३०० पुगेको छ ।
विशेषगरी अप्रिलमा, एक बर्षको अवधिमा सबैभन्दा बढी शिशुले जन्म लिएका छन् । यो अघिल्लो बर्षको सोही महिनाको तुलनामा ८.७ प्रतिशतले वृद्धि हो । अप्रिलमा जन्म भएका कूल शिशुको जन्म सङ्ख्या २० हजार ७१७ रहेको थियो ।
पछिल्लो आँकडाले सन् २०२४ को सुरुदेखि नै तीव्र परिवर्तनलाई सङ्केत गरेको छ । सन् २०२४ को जनवरी–मे अवधिमा जन्म सङ्ख्या अघिल्लो वर्षको तुलनामा २.७ प्रतिशतले घटेको थियो।
मे महिनामा प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या ०.७५ कायम भएको थियो । पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न २१ लाख बालबालिकाको प्रजनन दर आवश्यक पर्छ ।
सियाटलस्थित ‘युनिभर्सिटी अफ वासिङ्टनको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दरमा सन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ । -एएफपी





























प्रतिक्रिया