आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु

आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । 

पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी भएको हो । बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रवक्ताको भनाइ छ । 

खाना पकाएकी महिलाले घरबाहिर पकाएको खाना भित्र लगेर राख्ने क्रममा पेट्रोलबाट आगलागी भएको बताइएको छ । झुप्रो घर भएकाले आगोले चाँडो टिपेको प्रहरीले जनाएको छ । “उनीहरूले अवैध तरिकाले पेट्रोलको व्यापार गर्दै आएको र त्यसैका लागि घरमा पेट्रोल राखेका थिए,” प्रहरी प्रवक्ता ओडोङ्गोले भने ।

Logo