भारतको तेलंगना राज्यस्थित जगतियाल जिल्लामा बस दुर्घटना हुँदा ५४ जना तिर्थालुको मृत्यु भएको छ। बसमा ८७ जना यात्रु रहेको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।
बस गहिरो खोचमा खसेर दुर्घटना भएको हो। बस खोंचमा खस्नु अघि ४ बल्ड्याङ् पल्टेको स्थानीय स्थानीयले बताएका छन् ।मृत्यु भएकामा अधिकांश महिला र केहि बालबालिका छन्। घाइतेहरुलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ।
बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्रु लिएर फर्कंदै थियो। स्थानीय राज्य सरकारले मृतक परिवारलाई ५ लाख रुपैया भारु सहयोगस्वरूप प्रदान गर्ने घोषणा गरेको छ ।





























प्रतिक्रिया