संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अरबपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्ने भएका छन् । "/>

बान की मुन र बिल गेट्सले एउटै संस्थामा काम गर्दै

बान की मुन र बिल गेट्सले एउटै संस्थामा काम गर्दै

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान की मुन र चर्चित अरबपति बिल गेट्सले एउटा अन्तर्राष्ट्रिय संस्थामा सँगै काम गर्ने भएका छन् ।

आउँदो महिना घोषणा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय एउटा आयोगमा उनीहरूले सँगै काम गर्न लागेको नेदरल्याण्ड सरकारले सोमबार जनाएको छ ।
सो आयोगलाई ग्लोबल सेन्टर अन एडप्टेसनले मुख्य सहयोग गर्ने भएको छ भने विश्व बैंकका प्रमुख कार्यकारी अधिकृतले विषेश चासो दिने भएको छ ।

यसले तिव्रगतिमा बिग्रँदै गइरहेको विश्वको जलवायुसम्बन्धी समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी निकायहरूलाई सहयोग र समन्वय गरिदिने बताइएको छ ।
बान, माइक्रोसफ्टका संस्थापक गेट्स र विश्व बैंकका प्रमुख कार्यकारी अधिकृत उपस्थित भएर आउँदो अक्टोबर १६ तारिखका दिन नेदरल्याण्डमा औपचारिक रूपमा सो आयोगको घोषणा गर्ने तयारी भएको हो ।

Logo