काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, दर्जनौं घाइते

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, दर्जनौं घाइते

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तान।

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् । प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठ जनाको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।रासस

Skip This
Skip This
Logo