ब्रासिलिया। ब्राजिलका एक न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोको घर वरपर थप निगरानी गर्न आदेश दिएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले ब्रासिलियास्थित पूर्व राष्ट्रपतिको निवास रहेको भवनबाट बाहिरिने सबै सवारी साधनको भित्री भाग र ‘डिकी’को निरीक्षण गर्न आदेश दिएका हुन् ।
उनले जेलका अधिकारीहरूलाई उद्धृत गर्दै भने, “निवासको बाहिरी क्षेत्र, वरपरका घरले अगाडिबाट नदेखिने अदृश्य बाटाहरू उहाँ भाग्ने जोखिमयुक्त स्थान हुनसक्छन्।”
सर्वोच्च सङ्घीय अदालतमा बोल्सोनारोको मुद्दाको सुनुवाइ गरिरहेका डी मोरेसले गत अगस्ट ४ देखि बोल्सोनारोलाई नजरबन्दमा राखिएको क्षेत्रमा २४ घण्टा नै प्रहरी उपस्थित हुन आदेश दिइसक्नुभएको छ ।
ब्राजिलका अभियोजनकर्ताहरूले बोल्सोनारोले गत वर्ष अर्जेन्टिनामा शरण लिने योजना बनाएको खुलासा गर्दै ७० वर्षीय बोल्सोनारोले लामो जेल सजायबाट बच्न सक्ने प्रमाणका रूपमा काम गरिरहेका थिए।
सन् २०१९ देखि २०२२ सम्म ब्राजिलमा शासन गरेका बोल्सोनारोसहित सात जना सहआरोपीमाथि वामपन्थी लुइज इनासियो लुला डा सिल्भासँग चुनाव हारेपछि गैरकानुनी रूपमा सत्तामा टिकिरहने षडयन्त्र गरेको अभियोगमा मुद्दा चलिरहेको छ ।
सर्वोच्च अदालतले मङ्गलबारदेखि फैसला सुनाउन सुरु गर्ने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन प्राप्त पूर्वसैनिक कप्तानलाई दोषी ठहरिएमा ४० वर्षको जेल सजाय हुनसक्छ ।





























प्रतिक्रिया