काठमाडौं ।
अमेरिकाका वैज्ञानिकले यस्तो टेस्ट किट विकास गरेका छन्, जसका माध्यमबाट घरमै आफैंले कोरोना जाँच्न सकिन्छ। नतिजा पनि ३० मिनेटमै आउने दाबी गरिएको छ।
अमेरिकी सञ्चार माध्यमका अनुसार त्यहाँको फुड एन्ड ड्रग एडमिनेस्ट्रेस (युएसएफडिए) ले मंगलबार ‘पहिलो सेल्फ कोभिड टेस्ट किट’ प्रयोगका लागि अनुमति दिएको हो।
युएसएफडिएले जारी गरेको विज्ञप्ति अनुसार व्यक्तिगत प्रयोगका लागि विकास गरिएको यो टेस्ट किट ल्युकिरी हेल्थले बनाएको हो । यसको प्रयोग आपतकालीन अवस्थामा गर्न सकिनेछ। यो किटमार्फत आफैंले आफ्नो नाकबाट स्वाब निकालेर कोरोना परीक्षण गर्न सकिनेछ।
युएसएफडिएका आयुक्त स्टिफन हानले भने, ‘अहिलेसम्म घरबाट नमुना लिएर प्रयोगशालामा जान र पछि नतिजा लिन मात्र अनुमति थियो । यो नै पहिलो किट हो, जसको प्रयोग घरमै बसेर आफैंले गर्न सकिनेछ र परिणाम पनि तुरुन्तै पाइनेछ।’
यसको प्रयोग अस्पतालमा पनि प्रयोग गर्न सकिने उनले बताए। तर १४ वर्षभन्दा कम उमेरका मानिसको परीक्षणका लागि भने स्वास्थ्यकर्मीले स्वाब संकलन गरिदिनु पर्ने हुन्छ।नागरिकबाट































प्रतिक्रिया