भारतमा वरिष्ठ पत्रकारसहित ४ जनाको हत्या

भारतमा वरिष्ठ पत्रकारसहित ४ जनाको हत्या

केन्द्रबिन्दु
0
Shares

भारतको जम्मु कश्मीरमा वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकसहित ४ जनाको हत्या भएको छ । सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक गोली हानी हत्या भएको हो।

त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

बीबीसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट एउटा पार्टीमा जाँदै थिए । मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानिएको समाचारमा जनाइएको छ ।

यसअघि सन् २००० मा पनि उनीमाथि हत्या प्रयास भएको थियो। त्यसपछि उनको सुरक्षाका लागि प्रहरी खटाइएको थियो। यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन्।

Skip This
Skip This
Logo