छत्तिसगढ

छत्तिसगढको दन्तेवाडा क्षेत्रमा माओवादी कार्यकर्ताहरूले थापेको धरापमा परी ६ जना प्रहरी मारिएका छन् । "/>

माओवादीले थापेको धरापमा परि ६ जना प्रहरीको मृत्यु

माओवादीले थापेको धरापमा परि ६ जना प्रहरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

छत्तिसगढ

छत्तिसगढको दन्तेवाडा क्षेत्रमा माओवादी कार्यकर्ताहरूले थापेको धरापमा परी ६ जना प्रहरी मारिएका छन् । सडक निर्माणको अवलोकन गर्न निस्किएको प्रहरीको जिपलाई लक्षित गरी माओवादीहरूले धराप विस्फोट गराएका थिए ।

घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका ४ र डिस्ट्रिक्ट फोर्सका २ जना रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । घटनामा एक अर्का जवान घाइते भएका छन् । घटना दन्तेवाडाको छोलनार गाउँमा भएको थियो । नक्सलप्रतिरोधी अप्रेसनका डिआईजी सुन्दर राजले ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जनाएका छन् । घटनाको अनुसन्धान भइरहेको उनले बताए । यसभन्दा पहिले पनि मार्च १३ मा माओवादीले थापेको धरापमा परी ९ जनाको मृत्यु भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo