युट्युवले ल्यायो भिडियो हेर्दा ब्रेक लिने फिचर

युट्युवले ल्यायो भिडियो हेर्दा ब्रेक लिने फिचर

केन्द्रबिन्दु
0
Shares

गुगलले पछिल्लो पटक आफ्ना प्रयोगकर्ताहरुलाई आफ्ना एप, वेव र अन्य सिष्टमहरु चलाउन सजिलो र आरामदायी होस् भनेर बिभिन्न फिचरहरुलाई सार्वजनिक गर्दै आईरहेको छ । यसैक्रममा गुगलले भिडियो सेयरिङ साईटको रुपमा रहेको युट्युवमा केही नयाँ परिवर्तनहरु ल्याएको छ ।

युट्युवमा गुगलले ल्याएको परिवर्तन मुख्यतया प्रयोगकर्ताहरुको डिजिटल सामग्रीहरुको प्रयोगमा आईरहेको लामो समयको लतलाई ब्रेक दिने प्रयास देखिएको छ । यस सुविधा मार्फत् प्रयोगकर्ता आफु युट्युवमा कत्तिको क्रेजी रहेको छु भन्ने कुरा स्वयं जान्न समेत सक्नेछन् । युट्युवको यो प्रयास भनेको आफ्नो फिचर लामो समय चलाएर दिक्क नहोस् बरु केही समय ब्रेक लिएर फेरी सोही साईटमा आओस् भन्ने प्रयास पनि रहेको देखिन्छ ।

यसको लागि युट्युवले एण्ड्रोइड भर्जनको मोवाइल एपमा ‘टेक अ ब्रेक’ फिचरलाई ल्याएको हो । टेक अ ब्रेक फिचर युट्युवको मोवाइल एपको सेटिङ स्क्रिनमा रहेको छ । यो फिचरमा गएपछि प्रयोगकर्ताहरुले १५, ३०, ६०, ९० र १ सय ८० मिनेटको अन्तरालमा रिमाइण्डर सेट गर्न सक्छन् । एकपटक प्रयोगकर्ताहरुले कुनै पनि अप्सन सेलेक्ट गरेपछि युट्युवले भिडियोलाई सोही समयमा रोकिदिन्छ । यस्तो अवस्थामा प्रयोगकर्तालाई हेर्न मन लागेमा रिमाइण्डरलाई डिसमिस गर्न सक्छ वा केही समयको ब्रेक पनि लिएर फेरी सोही स्थानवाट भिडियोलाई निरन्तरता दिन सक्छन् ।

यसैगरी युट्युवले आफ्नो नोटिफिकेसनमा दुई नयाँ फिचरहरुलाई पनि समावेश गरेको छ । यसमा एउटा ‘डिजेबल साउण्ड एण्ड भाईब्रेसन’ रहेको छ । यो फिचरले तपाई युट्युवाट हुने कुनै पनि किसिमाको नोटिफिकेसनलाई बन्द गर्न पनि सक्नुहुन्छ । अर्को नयाँ फिचरमा ‘सेड्युल डाइजेष्ट’ रहेको छ । यो मार्फत् प्रयोगकर्ताहरुले आफुले सब्सक्राइब गरेको युट्युव च्यानलहरुवाट दिनको एक पटक एकमुष्ट नोटिफिकेसन प्राप्त गर्छन् ।

टेक अ ब्रेक र अर्को दुई नयाँ नोटिफिकेसन फिचर युट्युवको लेटेष्ट भर्जन १३.१७.५५ मा उपलब्ध रहेको छ । यो नयाँ फिचर लिन Setting > General मा जानु पर्छ भने नोटिफिकेसन फिचर लिन Setting > Notification मा उपलब्ध रहेको छ ।

Logo