एजेन्सी । हङकङको ताइ पोस्थित वाङ फुक कोर्ट आवासीय भवन (अपार्टमेन्ट)मा लागेको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहानसम्ममा आगो धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ । निभाउने कार्य अझै जारी छ। जलेका भवनहरूबाट धुवाँ निस्किरहेको छ । जहाँ केही कोठाहरूमा अझै पनि आगो देख्न सकिन्छ । बुधबार दिउँसो लागेको आगलागीमा बिहीबार बिहानसम्ममा ४४ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएको पुष्टि भइसकेको छ ।
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको अग्नि सेवा विभागका अनुसार आगो निभाउने काम बिहीबार साँझसम्म चल्ने अपेक्षा गरिएको छ। आगो नियन्त्रण र उद्धार, घाइतेहरूको उपचार र राहत कार्यलाई व्यापक बनाइएको छ । अग्नि नियन्त्रक, चिकित्सा सेवा र नागरिक सहायता सेवा लगायत विभिन्न विभागहरुले समन्वय गरेर काम गरिरहेका छन् ।
हालसम्म, ताई पोमा आठ अस्थायी आश्रयहरू स्थापना गरिएको छ। आगलागीबाट प्रभावित बासिन्दाहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्न लगभग २०० जनालाई परिचालन गरिएको छ । आगो यति तीव्र रूपमा फैलिनुको मुख्य कारण भवन मर्मतका क्रममा प्रयोग गरिएका प्रज्ज्वलनशील सामग्रीहरू रहेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको स्थानीय अधिकारीहरूले अनुसन्धान सुरु गरिसकेका छन्।(सीसीटीभीप्लस)





























प्रतिक्रिया