काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेकोे । साथै आजैका दिन आत्म अर्थात (म्ह) पूजा पनि गरिएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिएको छ । नेवार समुदायका मानिसहरुले आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन् ।
त्यस्तै अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको समर्थनमा गरिएको ¥यालीमा उनका समर्थक र विपक्षी बीच झडप भएका छन् । वाशिङ्टनमा दुई समूह बीच झडप हुँदा एक जनालाई छुरा हानिएको समाचार विवरणहरु सार्वजनिक भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशी भूमिका थप आठ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारीअनुसार शनिबार साँझसम्म २ सय ९३ जना ले ज्यान गुमाएका हुन् ।
त्यस्तैगरी प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम बीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेता बीच भेटवार्ता भएको हो । आजको भेटवार्तामा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई एक पक्षले अर्को पक्षलाई भित्तामा पुर्याएर पार्टीभित्रको विवाद समाधान गर्न नसकिने चेतावनी दिएका छन् ।
माइक्रोसफ्ट कम्पनीका अनुसार उत्तर कोरिया र रुसका ह्याकरले कोरोना भाइरस विरुद्धको खोपबारे काम गरिरहेका संस्थालाई निशानामा राखेका छन् । ‘फ्यान्सी बियर’ रुसी समूह एवं उत्तर कोरियाली ‘जिन्क’ र ‘सेरियम’ समूहहरू पछिल्ला साइबर हमलामा संलग्न भएको पाइएको छ । पूरा समाचारको लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया