रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि नयाँ दिल्ली

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि नयाँ दिल्ली

केन्द्रबिन्दु
27
Shares

एजेन्सीकाठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन्। दिल्लीको पालम विमानस्थलमा अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं उपस्थित भएर पुटिनलाई स्वागत गरे। दुवै नेताले हात मिलाउँदै अंगालो मारेर अभिवादन आदान–प्रदान गरे, जसले उच्चस्तरीय मित्रताको संकेत झल्काएको छ ।

औपचारिक स्वागत समारोहपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदी एउटै गाडीमा सवार भए । उनीहरू सिधै नयाँ दिल्लीको कल्याण मार्गस्थित मोदी निवासतर्फ प्रस्थान गरे, जहाँ पुटिनका लागि विशेष स्वागत कार्यक्रम आयोजना गरिएको थियो। भारतीय समाचार एजेन्सीहरूका अनुसार, कल्याण मार्गमै दुवै नेताबीच प्रारम्भिक भेटघाट र अनौपचारिक वार्ता भएको थियो।

पुटिनको यो यात्रा नयाँ दिल्लीमा हुन लागेको २३औँ भारत–रूस शीर्षस्तरीय सम्मेलनका लागि हो। सम्मेलन शुक्रबार आयोजना हुने छ, जहाँ पुटिन र मोदीबीच द्विपक्षीय सम्बन्ध, ऊर्जा, रक्षा, व्यापार, भू–राजनीति तथा अन्य महत्वपूर्ण विषयमा विस्तृत छलफल हुने छ। एजेन्सीहरूले दुवै देशबीच केही महत्वपूर्ण समझदारीहरूमा हस्ताक्षर हुने अपेक्षा समेत व्यक्त गरेका छन्।

यस ऐतिहासिक भ्रमणले भारत–रूस सम्बन्धमा नयाँ गति आउने, रणनीतिक साझेदारी थप मजबुत हुने र दुवै देशका हितसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू हुने अनुमान गरिएको छ ।
एजेन्सी

Logo