भारत
भारतको उत्तर प्रदेशको बदायूमा जुत्ता लुकाएपछि बेहुलाले बेहुली पक्षका एक व्यक्तिको हत्या गरेका छन् । बदायूको विल्सीमा भएको एक विवाहमा लुकाइएको जुत्ता विवाहको चलन नभएर चोरी भएको थियो । "/>

विहेमा जुत्ता लुकाइदिए पछि बेहुलाले गरे बेहुली पक्षका एक व्यक्तिको हत्या !

विहेमा जुत्ता लुकाइदिए पछि बेहुलाले गरे बेहुली पक्षका एक व्यक्तिको हत्या !

केन्द्रबिन्दु
0
Shares

भारत
भारतको उत्तर प्रदेशको बदायूमा जुत्ता लुकाएपछि बेहुलाले बेहुली पक्षका एक व्यक्तिको हत्या गरेका छन् । बदायूको विल्सीमा भएको एक विवाहमा लुकाइएको जुत्ता विवाहको चलन नभएर चोरी भएको थियो । विवाहका क्रममा जुत्ता चोरी भएपछि बेहुला र जन्तीहरु रिसाएका थिए ।

जुत्ता चोरेको आशंकामा बेहुला र जन्तीले ४२ वर्षीय रामसरनको कुटेर हत्या गरेका हुन् । उनको हत्या पछि मृतक रामसरनकी पत्नीले उजुरी दिएकी छिन् । उजुरीमा बेहुला र उनका चार साथी विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीले शवलाई पोस्ट मार्टमका लागि पठाएको छ ।
एजेन्सी

Logo