अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा र बुहारी विच सम्बन्ध विच्छेद हुने भएको छ ।
सन् २००५ मा विवाह बन्धनमा बाँधिएका जुनियर डोनाल्ड ट्रम्प र भेनेसा ट्रम्पले सम्बन्ध विच्छेदको निवेदन दिएको जनाएको छ । भेनेसाले मागेको सम्बन्ध बिच्छेदको यो मुद्धाको बिषयमा ट्रम्प परिवारले केही पनि बताएको छैन ।
४० बर्षका जुनियर र भेनेसाको ५ बच्चाहरु रहेको छ । जुनियर ट्रम्प अहिले ट्रम्प अर्गनाईजेसनमा एक्जुकेटिभको रुपमा कार्यरत रहेका छन् । यो बिषयमा जुनियर ट्रम्पले एक विज्ञप्ति प्रकाशित गरेर हामीले हाम्रो १२ बर्ष लामो बैवाहिक सम्बन्धलाई अलग हुने निर्णय गरेका छौं । तर हामीलाई हाम्रा ५ सन्तानहरु अतिनै सुन्दर लाग्छ भनेका छन् ।
वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प राजनीतिमा आउनु भन्दा अगाडी नै जुनियर ट्रम्प र भेनेसा विच विवाह भएको थियो । उनीहरु विच विवाहको प्रस्तावको पनि रोचक घटना त्यो बेला सार्वजनिक भएको थियो । जुनियर ट्रम्पले भेनेसालाई विवाहको प्रस्ताव एक हिराको पसल बाहिर गरेका थिए । विवाहको प्रस्ताव राख्ने क्रममा उनले संचारमाध्यमका प्रतिनिधिहरुलाई पनि बोलाएका थिए । यो गरे वापत उक्त हिराको पसलले उनले भेनेसालाई लगाईदिएको औंठी निशुल्क दिएको बताईएको थियो ।































प्रतिक्रिया