काठमाडौं। भारतमा सन् २०२६ को पहिलो महिनामा टाटा मोटर्सले राम्रो सुरुवात गरेको छ। जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने कारको पहिलो स्थान टाटा नेक्सनले हात पारेको छ। दोस्रो स्थानमा मारुती सुजुकी डिजायर रहे पनि तेस्रो स्थानमा टाटाकै पन्च परेको छ।
जनवरीमा टाटा नेक्सन २३ हजार ३६५ युनिट बिक्री भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब ५२ प्रतिशतले बढी हो। यो तथ्यांकमा नेक्सन ईभीको बिक्री पनि समावेश छ। विभिन्न इन्जिन विकल्प र आकर्षक डिजाइनका कारण नेक्सन लोकप्रिय बनेको मानिन्छ।
भारतमा सब–फोर मिटर एसयूभीको माग उच्च छ। यस सेगमेन्टमा नेक्सनसँगै मारुती ब्रेजा, फ्रङ्क्स र हुन्डाई भेन्यु जस्ता मोडल प्रतिस्पर्धामा छन्। पन्च पनि १९ हजारभन्दा बढी युनिट बिक्रीसहित बलियो उपस्थितिमा देखिएको छ।
हुन्डाई क्रेटा १७ हजारभन्दा बढी युनिट बिक्री गर्दै चौथो स्थानमा छ। मारुती अर्टिगा पाँचौं स्थानमा रहेको छ। सूचीको अन्य स्थानमा स्विफ्ट, बलेनो, ब्रेजा, महिन्द्रा स्कोर्पियो र मारुती भिक्टोरिस रहेका छन्।
यसले नयाँ वर्षको सुरुवातमै भारतीय बजारमा टाटा मोटर्सप्रति ग्राहकको आकर्षण बढेको संकेत गरेको छ।































प्रतिक्रिया