नयाँदिल्ली
पश्चिम अफ्रिकामा २२ जना भारतीय चालकदलका सदस्य सहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । "/>

पाँच दिन देखि अपहरणमा परेको पानीजहाज मुक्त

पाँच दिन देखि अपहरणमा परेको पानीजहाज मुक्त

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली
पश्चिम अफ्रिकामा २२ जना भारतीय चालकदलका सदस्य सहित अपहरणमा परेको पानीजहाज मुक्त भएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको थियो । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबार देखि हराएको र पछि अपहरणमा परेको आशङ्का गरिएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरिया मार्फत बेनिन्मा सम्पर्क गरिरहेको जानकारी दिएका थिए । आज सो विमान अपहरणबाट मुक्त भएको जानकारी भारतीय अधिकारीहरुले दिएका समाचारमा जनाइएको छ ।

गत बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहेको पछि पत्ता लागेको थियो । उनीहरुले मङ्गलबार जहाज मुक्त गरिदिएको बताएपछि सो जहाज र यसका सबै सदस्यहरु जहाजको क्याप्टेनको नियन्त्रणमा आइसकेका समाचारमा उल्लेख गरिएको छ । अपहरणमुक्त जहाज र यसका सबै सदस्यहरु सकुशल रहेका अधिकारीहरुले जनाएका छन् । जहाजलाई अपहरणमुक्त गर्ने काममा लाग्ने सबैलाई भारत सरकारले धन्यवाद ज्ञापन परेको छ ।
रासस/एएफपी

Logo