क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

केन्द्रबिन्दु
0
Shares

हवाना, १९ माघ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेका छन् ।

केही महिनादेखि विरामी रहेका उनी पछिल्लो समयमा ‘डिप्रेसन’ को शिकार भएका थिए । उनले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।

क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गरेका उनले बिहीबार बिहान आत्महत्या गरेको समाचार क्युबाको सरकारी वेभसाइटमा राखिएको छ ।

उक्त वेभसाइटमा पूर्व राष्ट्रपति एवम् क्युबाका क्रान्तिकारी कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका छोरा र क्युबाको विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपाध्यक्षका रुपमा समेत रहेर काम गरेका क्यास्ट्रो डायज बलार्टले बिहीबार आत्महत्या गरेको समाचार राखिएको छ ।

उक्त वेभसाइटमा मृतक क्यास्ट्रो बलार्ट आफ्नो जीवनभर क्युबामा विज्ञान तथा प्रविधिको विकासमा लागेको समाचार संस्थाहरुले जनाएका छन् ।

पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सन् २०१६ को नोभेम्बरमा निधन भएको थियो । उनी क्युबाको एक क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा परिचित रहेका थिए ।

Logo