भारतमा कार चार्जिङको क्रममा विस्फोट, आगालागीमा परी ७ जनाको मृत्यु

भारतमा कार चार्जिङको क्रममा विस्फोट, आगालागीमा परी ७ जनाको मृत्यु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। भारतको मध्य प्रदेश राज्यको इन्दौरमा बुधबार बिहान एक इलेक्ट्रिक कार चार्जिङ गर्दा शर्ट सर्किट भएर आगलागी भएको छ। प्रारम्भिक रिपोर्टअनुसार यस घटनामा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

इन्दौरको बंगाली चौराहनजिकैको कोलोनीमा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लागेको थियो। केही मिनेटमै आगो घरभित्र फैलियो र घरमा राखिएका झण्डै १५ ग्यास सिलिन्डर विस्फोट भएपछि दुर्घटना भयावह बनेको छ।

पुलिस कमिशनर सन्तोषकुमार सिंहका अनुसार “घर बाहिर चार्ज भइराखेको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरु भयो, र विस्फोटले घरमा ठूलो क्षति पु-यायो।” प्रत्यक्षदर्शीले चार सिलिन्डर एकपछि अर्को गरी विस्फोट भएको बताएका छन्।

इलेक्ट्रिक कारको चार्जिङ सुरक्षा मापदण्ड पालन नगर्दा दुर्घटना भएको आकलन प्रहरीले गरेको छ ।

Skip This
Skip This
Logo