जापानिज् टेलिभिजनमा रोबोटले समाचार भन्ने

जापानिज् टेलिभिजनमा रोबोटले समाचार भन्ने

केन्द्रबिन्दु
0
Shares

टोकियो, सुन्दर युवती जस्तै देखिने इरिका रोबोटले आगामी अप्रिल महिना देखि जापानिज् टेलिभिजनमा समाचार भन्ने भएकी छिन् ।

ह्युमोनाइड नामाकरण गरिएको प्रविधिवाट निर्माण गरिएको इरिकाको उच्चारण अन्य रोबोटको तुलनामा बढी स्पष्ट रहेको छ । यसका निर्माता हिरोसी इसिगुराका अनुसार उनको वाचनलाई हेर्दा धेरैले उनको शरीर भित्र मानिसको जस्तो आत्मा रहेको अनुमान गर्छन् ।

इरिका रोबोटको वारेमा यसका निर्माताले बिस्तृत रुपमा केही पनि खुलाएका छैनन् । हिरोसीका अनुसार इरिकाले आर्टिफिसियल इन्टेलिजेन्सको मद्धतले मानिसले तयार पारेका टेक्स समाचारहरु स्पष्ट रुपमा भन्न सक्ने क्षमता राख्छ । यो प्रविधिले सम्भवत जापानको टेलिभिजनवाट समाचार वाचकहरुलाई यो रोबोटले बिस्थापित गर्नेछ ।

सन् २०१४ देखि थालिएको यो अनुसन्धानले बल्ल मुर्त रुप लिएपनि यसमा अझैं पनि धेरै सुधार गर्न सकिने देखिएको हिरोसी बताउछन् । अहिले इरिकाको आवाजलाई चालक रहितका सवारी साधनहरुमा पनि प्रयोग गरिएको छ ।

इरिकाको निर्माणका लागि जापानको सर्वाधिक ठुलो विज्ञान प्रयोगशालामा तयार पारिएको हो । यसका लागि ठुलो मात्रामा आर्थिक सहयोग समेत गरेको थियो । इरिकामा रहेको १४ वटा इन्फ्रारेड सेन्सर र फेस रिकगनिसन टेक्नोलोजीको कारण यसले समाचार कक्षका मानिसहरुको इसारा र हाउभाउलाई समेत बुझ्ने छ ।

Logo