अमेरिकामा उल्का वर्षा हुँदा किन वैज्ञानिकहरूले पाएनन् जानकारी ?

अमेरिकामा उल्का वर्षा हुँदा किन वैज्ञानिकहरूले पाएनन् जानकारी ?

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । अमेरिकाकाे सेन्ट प्याट्रिक्स डेको अवसरमा अमेरिकाको ओहायो र पेन्सिलभेनिया राज्यको आकाशमा सुनिएको ठूलो गर्जन एउटा विशाल उल्का पिण्ड फुटेर भएको पुष्टि भएको छ । करिब ६.५ फिट व्यास र ८४ केजी तौल भएको उक्त अन्तरिक्ष चट्टान पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ठूलो विस्फोट भएको थियो, जसको आवाज र कम्पन धेरै टाढासम्म महसुस गरिएको थियो।

नासाको राडार डेटा र वैज्ञानिकहरूका अनुसार उक्त विस्फोटपछि जमिनमा उल्काका टुक्राहरू खसेका छन् । रोबर्टो भार्गास नामक उल्का शिकारीले ओहायोको मेडिना काउन्टीमा १० ग्रामको एउटा टुक्रा फेला पारेका छन्, जसलाई विज्ञहरूले आधिकारिक पुष्टि गरिसकेका छन्। हाल अन्य धेरै सम्भावित टुक्राहरूको परीक्षण भइरहेको छ।

विज्ञहरूका अनुसार यो उल्का ‘अकोन्ड्राइट’ श्रेणीको हो, जुन निकै दुर्लभ मानिन्छ। पृथ्वीमा खस्ने कुल उल्काहरूमध्ये केवल ८ प्रतिशत मात्र यस्ता हुन्छन्। यस्ता पत्थरहरू चन्द्रमा, मंगल ग्रह वा ‘भेस्टा’ नामक क्षुद्रग्रहबाट आएका हुन सक्छन्।

नासाका अनुसार यो उल्का पिण्ड ७२,४२० किलोमिटर प्रति घण्टाको तीव्र गतिमा गुडिरहेको थियो। भ्याली सिटीमा विष्फोट हुनुअघि यसले २२७ टन टीएनटी बराबरको ऊर्जा पैदा गरेको थियो। बिहान ९ बजेको समयमा भएकोले विस्कन्सिनदेखि मेरिल्याण्डसम्मका मानिसहरूले उज्यालो प्रकाशको गोला देखेका थिए।

किन भएन पूर्व जानकारी ?

साधारणतया वैज्ञानिकहरूले अन्तरिक्षका ठूला वस्तुहरूको निगरानी गरिरहेका हुन्छन्। तर, यो उल्का सौर्यमण्डलको समतल सतहभन्दा फरक र निकै उच्च कोणबाट आएकोले कुनै पनि पूर्व जानकारी बिना नै सहर माथि आइपुगेको वैज्ञानिकहरूले बताएका छन्।

Skip This
Skip This
Logo