काठमाडौं। इरानसँगको युद्धका कारण स्थगित भएको भ्रमण फेरि तय गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १४–१५ मा चीन जाने भएका छन्। ह्वाइट हाउसले नयाँ तालिका सार्वजनिक गरेसँगै विश्व कूटनीति फेरि तात्ने संकेत देखिएको छ।
पहिले नै तय भएर रोकिएको भ्रमण अब युद्धकै बीच पुनः अघि सारिनु अमेरिका–चीन सम्बन्धमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ। ट्रम्प–सी भेटलाई आर्थिक मात्र होइन, सुरक्षा र शक्ति सन्तुलनसँग जोडेर विश्लेषण गर्न थालिएको छ।
ह्वाइट हाउसले दुवै नेताबीचको भेटलाई “महत्त्वपूर्ण” भने पनि यसको वास्तविक उद्देश्यबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्। विशेष गरी युद्ध, व्यापार र विश्व शक्ति प्रतिस्पर्धाका विषयमा ठूला निर्णय हुन सक्ने अनुमान गरिएको छ।
प्रेस सचिव क्यारोलिन लिभिटका अनुसार भ्रमण स्थगित गर्न चीनतर्फबाट कुनै दबाब नभएको दाबी गरिएको छ। तर युद्धकै समयमा यस्तो भ्रमण तय हुनु आफैंमा रणनीतिक सन्देश भएको रूपमा हेरिएको छ।
यसैबीच ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई वर्षअन्त्यमा वासिङ्टन बोलाउने योजना पनि अघि सारेका छन्। यसले दुई शक्तिराष्ट्रबीच प्रतिस्पर्धासँगै सहकार्यको नयाँ खेल सुरु हुने संकेत दिएको छ।
विश्लेषकहरूका अनुसार मे महिनासम्म युद्धको अवस्था नियन्त्रणमा आए पनि अमेरिका–चीनबीचको शक्ति संघर्ष भने थप चर्किने सम्भावना छ।































प्रतिक्रिया