अमेरिका। अमेरिकाले आफ्नो मुद्रामा ठूलो परिवर्तन गर्ने तयारी गरेको छ । अमेरिकी अर्थ मन्त्रालयका अनुसार अब डलरका नोटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर राखिनेछ, जुन हालसम्मको परम्पराबाट फरक कदम हो।
यो परिवर्तन अमेरिकाको २५०औँ वार्षिकोत्सवसँग जोडेर ल्याउन लागिएको हो। यससँगै दशकौँदेखि चल्दै आएको कोषाध्यक्षको हस्ताक्षर हट्नेछ भने ट्रम्प बहालवाला राष्ट्रपति हुँदा नै नोटमा हस्ताक्षर हुने पहिलो व्यक्ति बन्नेछन्।
सरकार पक्षले यसलाई ऐतिहासिक निर्णय भनेको छ भने केही नेताहरूले यसको आलोचना गर्दै व्यक्तिगत छाप थोपर्ने प्रयास भएको बताएका छन्।
नयाँ डिजाइनका १०० डलरका नोट आगामी जुनदेखि छापिने तयारी रहेको जनाइएको छ ।





























प्रतिक्रिया