हुथी समूहले ग-यो इजरायलमाथि क्षेप्यास्त्र प्रहार, मध्यपूर्वमा तनाव झन् चुलियो

हुथी समूहले ग-यो इजरायलमाथि क्षेप्यास्त्र प्रहार, मध्यपूर्वमा तनाव झन् चुलियो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । यमनका हुथी विद्रोही समूह इजरायलविरुद्धको द्वन्द्वमा प्रत्यक्ष रूपमा प्रवेश गरेपछि मध्यपूर्वको युद्ध थप जटिल बनेको छ ।

इरानसँग नजिक मानिने हुथीहरूले इजरायललाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार युद्ध दोस्रो महिनातर्फ अघि बढिरहेका बेला भएको यो आक्रमणले द्वन्द्व विस्तार हुने संकेत दिएको छ ।

हुथी समूहले आफूहरू इजरायलविरुद्धको लडाइँमा सक्रिय रूपमा सहभागी भएको दाबी गर्दै थप आक्रमणको चेतावनीसमेत दिएको छ । यद्यपि इजरायली पक्षले प्रक्षेपित धेरैजसो क्षेप्यास्त्रहरू आफ्नो प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको जनाएको छ ।

विश्लेषकहरूले हुथीहरूको प्रवेशसँगै इरान–इजरायल तनाव अब क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने जोखिम बढेको चेतावनी दिएका छन् । यसले अन्य इरान–समर्थित समूहहरू पनि सक्रिय हुन सक्ने आशंका थप बलियो बनाएको छ ।

Logo