इरानी आक्रमणमा एक भारतीयको मृत्यु

इरानी आक्रमणमा एक भारतीयको मृत्यु

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो ।

कुवेतको विद्युत् तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामगारको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत् भनेको छ, ‘आक्रमणबाट प्लान्टमा ठूलो क्षति भएको छ । अत्यावश्यक सेवा सुचारूका लागि प्राविधिक टोली काम गरिरहेको छ ।’

Logo