काठमाडौं । युद्धबीच राहत बोकेर भारत उडेको इरानी विमान अमेरिकी हमलामा परी ध्वस्त भएको छ। भारततर्फ उड्ने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परेर क्षतिग्रस्त ध्वस्त भएको हो ।
महान एयरलाइन्सको उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा नै निशाना बनाइएको थियो। औषधि र अत्यावश्यक सामग्री लिएर नयाँदिल्ली आउने तयारी भइरहेका बेला हमला भएको बताइएको छ।
युद्ध ३१औँ दिनमा पुग्दा अवस्था झन् जटिल बन्दै गएको छ। नागरिक र राहतसँग जोडिएका संरचनासमेत प्रभावित हुन थालेपछि मानवीय संकट गहिरिने संकेत देखिएको छ।
यता, युरोपेली संघले इरानमाथिका प्रतिबन्ध थप कडाइका साथ लम्ब्याएको छ भने इरानले होर्मुज जलडमरुमा नयाँ नियन्त्रण योजना अघि सारेको छ। अमेरिकी र इजरायली जहाजमाथि रोक लगाउने तयारीले तनाव झन् बढ्ने देखिन्छ।
युद्ध अब केवल सैन्य मोर्चामा सीमित नरही आपूर्ति, यातायात र मानवीय क्षेत्रमा समेत फैलिन थालेको छ।





























प्रतिक्रिया