इरानसँग सम्झौता नभए ऊर्जा र आर्थिक पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको धम्की

इरानसँग सम्झौता नभए ऊर्जा र आर्थिक पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको धम्की

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ सरकारसँग भइरहेको वार्ता सकारात्मक परिणाममा नपुगे इरानका मुख्य आर्थिक तथा ऊर्जा पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले इरानको ‘नयाँ र थप समझदार’ शासनसँग जारी सैन्य अपरेशन अन्त्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले यदि छोटो समयभित्रै कुनै ठोस सम्झौता नभएमा र रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘हर्मुज स्ट्रेट’ व्यापारका लागि तत्काल खुला नगरिएमा अमेरिकाले कठोर सैन्य कदम चाल्ने स्पष्ट पारेका छन् । उनका अनुसार सम्झौता हुन नसकेको खण्डमा इरानका सबै विद्युत् उत्पादन केन्द्रहरू, तेलका कुवाहरू र प्रमुख तेल निर्यात केन्द्रको रूपमा रहेको खार्क टापुलाई अमेरिकी सेनाले निशाना बनाउनेछ। ट्रम्पले इरानका पानी शुद्धीकरण केन्द्र (डिसालिनिजेसन प्लान्ट) हरूलाई समेत नष्ट गर्न सकिने बताएका छन् ।

यस सम्भावित आक्रमणलाई ट्रम्पले विगत ४७ वर्षदेखिको इरानी शासनका क्रममा मारिएका अमेरिकी सैनिक र अन्य निर्दोष नागरिकहरूको प्रतिशोधको रूपमा व्याख्या गरेका छन् । हालसम्म अमेरिकाले ती पूर्वाधारहरूलाई नछोएको उल्लेख गर्दै उनले अबको स्थिति सम्झौताको प्रगतिमा निर्भर रहने बताएका छन् ।

Skip This
Skip This
Logo