खार्ग द्वीपलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलिँदै, कब्जाको संकेतबारे चर्चा

खार्ग द्वीपलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलिँदै, कब्जाको संकेतबारे चर्चा

केन्द्रबिन्दु
24
Shares

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको महत्वपूर्ण तेल निर्यात केन्द्र खार्ग द्वीपलाई लक्षित गर्दै सैनिक कारबाही वा कब्जासम्मको विकल्पबारे संकेत दिएको विषय अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको छ ।

खाडी क्षेत्रमा अवस्थित खार्ग द्वीप इरानको तेल निर्यातको प्रमुख केन्द्र मानिन्छ । समुद्र किनारमा रहेको यो द्वीपमा गहिरो पानीका कारण ठूला तेल ट्यांकरहरू सहजै प्रवेश गरी ‘वेरी लार्ज क्रुड क्यारियर’ मार्फत कच्चा तेल लोड गर्न सक्छन् ।

विशेषज्ञहरूका अनुसार इरानको करिब ९० प्रतिशतसम्म तेल निर्यात यही मार्गबाट हुने गरेको छ, जसका कारण यो द्वीप रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिन्छ ।

ऐतिहासिक रूपमा पनि खार्ग द्वीप द्वन्द्वको केन्द्र रहँदै आएको छ । १९८० को दशकको इरान–इराक युद्धका क्रममा इराकी वायुसेनाले यस क्षेत्रमा पटक–पटक आक्रमण गरेको थियो ।

हालैका दिनमा यस क्षेत्रलाई लिएर सैन्य गतिविधि बढेको र विभिन्न दाबी–प्रतिक्रियाहरू सार्वजनिक भइरहेका छन् । तर, यसबारे आधिकारिक पुष्टि र विस्तृत विवरण भने स्पष्ट रूपमा सार्वजनिक भइसकेको छैन ।

Logo