अबुधाबीमा हवाई प्रतिरक्षाको ड्रोन अवशेष खस्दा एक जनाको मृत्यु ४ जना घाईते

अबुधाबीमा हवाई प्रतिरक्षाको ड्रोन अवशेष खस्दा एक जनाको मृत्यु ४ जना घाईते

केन्द्रबिन्दु
30
Shares

अबुधाबी। यूएईको अबुधाबीस्थित हब्शन ग्यास प्लान्टमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जना इजिप्टका नागरिकको मृत्यु । घटनामा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार हवाई सुरक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा आकाशमै विस्फोट भएका ड्रोन र मिसाइलका टुक्रा ग्यास केन्द्र क्षेत्रमा खसेका थिए। सोही क्रममा आगलागीसमेत भएको जनाइएको छ।

घटनास्थल खाली गराउने क्रममा एक इजिप्टेली नागरिकको ज्यान गएको बताइएको छ। घाइते चार जनाको अवस्था सामान्य रहेको र उनीहरुलाई तत्काल अस्पताल लगिएको छ।

यसअघि अजबान क्षेत्रमा यस्तै अवशेष खस्दा ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए। तीमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनापछि सुरक्षा सतर्कता बढाइएको छ भने सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Skip This
Skip This
Logo