ट्रम्पको चेतावनीपछि तेलको मूल्य फेरि उकालो

ट्रम्पको चेतावनीपछि तेलको मूल्य फेरि उकालो

केन्द्रबिन्दु
873
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनीपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । सोमबार ब्रेन्ट क्रुड प्रतिब्यारेल ११० डलरभन्दा माथि पुगेको छ भने अमेरिकी तेल पनि करिब ११२ डलर आसपास कारोबार भइरहेको छ ।

इरानसँगको तनाव र स्ट्रेट अफ होर्मुज क्षेत्रको असुरक्षाका कारण तेल आपूर्तिमा समस्या हुने डर बढेपछि मूल्य उकालो लागेको हो। विश्वको ठूलो हिस्सा तेल ढुवानी हुने यो समुद्री मार्गमा अवरोध आए आपूर्ति झनै प्रभावित हुने देखिएको छ। ओपेक प्लसले उत्पादन बढाउने निर्णय गरे पनि युद्ध र तनावका कारण तत्काल राहतको सम्भावना कम छ। मूल्यवृद्धिको प्रभाव नेपालमा पनि प्रत्यक्ष रुपमा देखिएको छ। जानकारहरुका अनुसार परिस्थिति यस्तै रहे तेलको मूल्य अझै बढ्नेछ। सक्छ।

Logo