दुई कमाण्डरसहित १५ आतङ्ककारी मारिए

दुई कमाण्डरसहित १५ आतङ्ककारी मारिए

केन्द्रबिन्दु
0
Shares

कुन्दुज, ६ माघ । अफगानिस्तानको कुन्दुज प्रान्तमा आतङ्ककारी विरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १५ जना आतङ्ककारी मारिएका छन् । 

दुई कमाण्डरसहित १५ आतङ्ककारी मारिएका स्थानीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । शुक्रबार रातिदेखि जारी रहेको यस सुरक्षा कारबाहीमा परी अरु सात जना घाइते भएका छन् । कुन्दुज प्रान्तको चाहार डारा जिल्लामा सरकारी सुरक्षाकर्मीले लडाकू विरुद्ध कारबाही जारी राखेका छन् । 

“घटनामा १५ जना मारिएका छन्, ती मध्ये दुई जना तालिवान कमाण्डर हुन् भने सात जना घाइते भएका छन्,” उत्तरी क्षेत्रका प्रहरी प्रवक्ता अब्दुल खालिल खालिलिले भने । 
उनका अनुसार घटनामा परी सुरक्षाकर्मीतर्फ तीन जना घाइते भएका छन् । रासस/सिन्ह्वा

Logo