बालेन नेतृत्व सरकारपछि पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिक भ्रमण-काठमाडौंमा कूटनीतिक हलचल!

बालेन नेतृत्व सरकारपछि पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिक भ्रमण-काठमाडौंमा कूटनीतिक हलचल!

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । बालेन शाह नेतृत्वको सरकार बनेपछि पहिलोपटक अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौं आउने खबरले राजनीतिक र कूटनीतिक वृत्तमा चासो बढाएको छ।

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी सोमबार काठमाडौं आउने तयारीमा छन्। भारतीय मूलका कपुरको यो भ्रमणलाई नयाँ सरकारसँग सम्बन्ध विस्तार र रणनीतिक संवादको सुरुवातका रूपमा हेरिएको छ।

काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरूसँग समेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ। उनको भ्रमण तीन दिनको हुनेछ र बुधबार टर्किस एयरलाइन्समार्फत फर्किने योजना छ।

कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमणले नेपाल–अमेरिका सम्बन्ध, क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा नयाँ संवादको ढोका खोल्न सक्ने अनुमान गरिएको छ। यद्यपि परराष्ट्र मन्त्रालयले अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन।

यदि भ्रमण कार्यक्रमअनुसार नै सम्पन्न भयो भने, बालेन सरकार बनेपछि काठमाडौं आउने यो सबैभन्दा उच्चस्तरीय अमेरिकी कूटनीतिक भ्रमण हुनेछ।

Skip This
Skip This
Logo