केन्द्रबिन्दु सम्बाददाता
काठमाडौँ, २८ पुस । भारतीय सर्वोच्च अदालतका बरिष्ठ न्यायधीशहरुले प्रधान न्यायधीशको बिरुद्दमा पत्रकार सम्मेलन गरेका छन् । सर्बोच्च अदालतका ४ न्यायधीशहरु जस्टिस जे चेलामेश्वरम, जस्टिस रंजन गोगोई, जस्टिस मदन लोकुर र जस्टिस कुरियन जोसेफ़ले प्रधान न्यायधीश बिरुद्द पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
अदालतका दोस्रो बरियतामा रहेका चेलामेश्वरमले पत्रकार सम्मेलनमा भनेका छन् ‘सर्बोच्च अदालतलाई नबचाए देशमा कुनै पनि लोकतन्त्र जिउंदै रहदैन, स्वतन्त्र र निष्पक्ष न्यायपालिका सुदृद लोकतंत्रको निशानी हो’ । प्रधानन्यायाधीशको कामकारबाहीबारे असन्तुष्टि जनाउँदै उनीहरुले पत्रकार सम्मेलन गरेका हुन्। भारतीय न्याय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीश विरुद्द सर्वोच्चकै न्यायाधीश यसरी सार्वजनिक रुपमा उत्रेका हुन् ।
न्यायधीश चेलामेश्वरमले भनेका छन् ‘हामीले आज बिहान पनि प्रधानन्यायधीशलाई भेटेका छौ, हामीले उहाँलाई सर्वोच्चको प्रशासन ठिक तरिकाले चलिरहेको छैन भन्ने जानकारी गराएका छौ’। उनले यसलाई ठिक बनाउन आफुहरुले धेरै कोशिश गरेको तर आफ्नो कुरामा उनलाई सहमत गरौँ सफल नभएको भन्दै दुखेसो पोखे।
उनले भनेका छन् ‘हामीले यो सब किन भनिरहेका छौं भने भोलि हामीलाई आफ्नो आत्मा बेचेको आरोप नलागोस्।’





























प्रतिक्रिया