नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको आह्वान

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्राकृतिक इन्धनलाई विश्वव्यापी जलवायु संकटको मुख्य कारणका रूपमा उल्लेख गर्दै अब विश्व समुदायले नवीकरणीय ऊर्जातर्फ तीव्र, न्यायपूर्ण र समान रूपले रूपान्तरण हुन आवश्यक रहेको बताएका छन् ।

संयुक्त राष्ट्र महासभाद्वारा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरूको दायित्वबारे अन्तर्राष्ट्रिय अदालतको सल्लाहकार रायसम्बन्धी प्रस्ताव पारित भएपछि जारी वक्तव्यमा उनले जलवायु न्याय सुनिश्चित गर्न प्राकृतिक इन्धनको प्रयोग क्रमशः घटाउँदै स्वच्छ तथा दिगो ऊर्जालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

महासचिवका अनुसार जलवायु परिवर्तनका लागि न्यून जिम्मेवार राष्ट्रहरू, विशेषगरी विकासोन्मुख तथा साना टापु राष्ट्रहरूले सबैभन्दा बढी असर भोगिरहेका छन् । बाढी, खडेरी, अत्यधिक गर्मी, समुद्री सतह वृद्धि तथा प्राकृतिक विपद्का कारण लाखौँ मानिसको जीवन र जीविकोपार्जन प्रभावित भइरहेको उनले बताए ।

विश्व समुदायलाई तापक्रम वृद्धि डेढ डिग्री सेल्सियसभित्र सीमित राख्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । नवीकरणीय ऊर्जा अहिले सबैभन्दा सस्तो, भरपर्दो र सुरक्षित ऊर्जा स्रोतका रूपमा स्थापित भइसकेकाले त्यसतर्फ लगानी बढाउनुपर्नेमा उहाँले जोड दिए ।

बुधबार सम्पन्न महासभा बैठकमा प्रस्तुत प्रस्तावको पक्षमा १४१ देशले समर्थन जनाएका थिए भने ८ देश विपक्षमा उभिएका थिए र २८ देश तटस्थ बसेका थिए । उक्त प्रस्तावले सन् २०२५ जुलाईमा अन्तर्राष्ट्रिय अदालतले दिएको सल्लाहकार रायलाई स्वागत गर्दै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको स्पष्ट व्याख्याका रूपमा त्यसलाई महत्वपूर्ण योगदान मानेको छ ।

Skip This
Skip This
Logo