पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता

पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता

केन्द्रबिन्दु
12
Shares

काबुल । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् ।

विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरुले जनाएका छन् ।

अनुमानित ६० लाख अफगानीहरू विदेशमा रहेका छन्, जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् भने पछिल्लो समयमा दुवै देशले कागजातविहीन विदेशी नागरिकहरूलाई आफ्नो घर फर्कन दबाब बढाएको छ । -सिन्ह्वा

Logo