भनेनेजुएला भूकम्पः रुबियोद्वारा ‘छिटो र प्रभावकारी’ सहयोगको प्रतिबद्धता

भनेनेजुएला भूकम्पः रुबियोद्वारा ‘छिटो र प्रभावकारी’ सहयोगको प्रतिबद्धता

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा गएको दुई ठूला भूकम्पमा १६४ जनाको ज्यान गएको घटनामा संयुक्त राज्य अमेरिकाले ‘सम्पूर्ण सरकार स्तर’को सहयोग दिने बताएका छन् । उनले बिहीबार भने, “यो भूकम्पले राजधानी नजिकैका धेरै भवनहरू ध्वस्त बनाएको छ र बासिन्दाहरू हराएका आफन्तहरूको खोजीमा छन्।”

“रक्षा मन्त्रालयले यहाँ ठूलो व्यवस्थापकीय भूमिका खेल्नुपर्ने छ किनकि उनीहरू अहिले सीमित स्रोत र साधनबीच उद्धार तथा खोजी कार्यलाई अघि बढाइरहेका छन्, चुनौतीपूर्ण अवस्थामा सहयोगको पर्खाइमा छन्,” बहराइनको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, “हामीले पूर्णरूपमा सरकारको स्तरबाट सहयोग गर्नेछौँ । यो व्यापक हुनेछ, छिटो हुनेछ र प्रभावकारी हुनेछ।”

रुबियोले जनवरीमा अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अमेरिकाको स्थिरता प्रयासमा यसको प्रभावबारे आफूले नसोचेको बताए । “अहिले हाम्रो चिन्ता भग्नावशेषमा पुरिएका मानिसहरूको हो। हामी उनीहरूलाई बाहिर निकाल्न मद्दत गर्न चाहन्छौं,” उनले भने “तीमध्ये केहीका आफन्तहरू अमेरिकामा बस्छन्, तर जे भए पनि संयुक्त राज्य अमेरिकाले विशेषगरी हाम्रो आफ्नै गोलार्धमा सधैँ मानवीय सङ्कटमा सघाएको छ ।”

Logo